इंग्लिस प्रिमियर लिगको लिडर लिभरपुलले आइतबार राति भएको खेलमा वर्नमाउथलाई ४-० गोलले पराजित गरेको छ।
लिभरपुलको जितमा नुनेज र जोटाले दुई दुई गोल गरे। दुवैले दोस्रो हाफमा गोल गरेका थिए।
नुनेजले खेलको ४९ र इन्जुरी समयको तेस्रो मिनेट तथा जोटाले ७० र ७९ मिनेटमा गोल गरेका थिए।
जितसँगै लिभरपुलले अंक तालिकामा अग्रता बढाएको छ। लिभरपुलको २१ खेलबाट ४८ अंक छ।
दोस्रो स्थानको म्यानचेस्टर सिटी, तेस्रो स्थानको आर्सनल र चौथो स्थानको एस्टन भिल्लाको समान ४३-४३ अंक छ। सिटीले भने एक खेल कम खेलेको छ।