जर्मन बुन्डेस लिगाको उपाधि दाबेदार बार्यन म्युनिख पराजित भएको छ। आइतबार राति बार्यनलाई वेर्डर ब्रेमनले १-० गोलले हरायो।
ब्रेमनको जितमा वेइसले ५९ मिनेटमा गोल गरेका थिए।
बार्यनको हारसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको बायर लिभरकुजेनलाई फाइदा पुगेको छ।
लिभरकुजेनले बार्यनसँगको अग्रता ७ अंकमा पुर्याएको छ।
लिभरकुजेनको १८ खेलबाट ४८ अंक छ भने बार्यनको १७ खेलबाट ४१ अंक छ।