अखिल नेपाल फुटबल संघ (एन्फा) ले साउदी अरेबियामा हुने डब्लूएएफएफ महिला च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षकको जिम्मा राजेन्द्र तामाङलाई दिएको छ। सहायक प्रशिक्षक कमला राखाल र टिम म्यानेजर वृन्दा देवानलाई नियुक्त गरिएको छ।
एन्फाले श्याम मानन्धरलाई सहायक प्रशिक्षक र उज्वल मानन्धरलाई गोलकिपिङ प्रशिक्षकमा नियुक्त गरेको छ।
प्रशिक्षक तामाङले बन्द प्रशिक्षणका लागि ४० जनालाई बोलाएको एन्फाले जनाएको छ। साउदीमा हुने प्रतियोगिता फेब्रुअरी १८ देखि २८ सम्म हुनेछ।
प्रारम्भिक टोलीः एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सपना राई, कविता विक, अमृता जैशी, गीता राना, हिराकुमारी भुजेल, पूजा राना, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, अन्चली वाइबा, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही, सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मी कुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, चन्द्रा भण्डारी, हेमा चौधरी, गंगा गुरुङ, सरस्वती हमाल, प्रतिक्षा चौधरी, दीपा न्यौपाने, मोनिका पुलामी मगर, अनुष्का शेर्पा, अञ्जली मचामचे, सपना थेवे, मनमाया दमाई, सम्झना लावती, निर्मला उपाध्याय, प्रिया माझी, सरु वाइबा, रेविका पाण्डे, कुमारी थोकर