साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ।
समूह ‘बी’ मा नेपालले सिरियालाई ४-१ गोलले पराजित गर्यो।
नेपालको जितमा अमिसा कार्कीले १० मिनेटमा, अनिता बस्नेतले १३ मिनेटमा, सावित्रा भण्डारीले १९ मिनेट र रेखा पौडेलले ६९ मिनेटमा गोल गरे।
समूहमा नेपालसँगै प्यालेस्टाइन, सिरिया र इराक छन्।
अब नेपालले दोस्रो खेल बिहीबार इराकसँग र समूहको अन्तिम खेल शनिबार प्यालेस्टाइनसँग खेल्नेछ।
समूहबाट शीर्ष दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन्।