इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले जित निकालेको छ।
सिटीले ब्रेन्टफोर्डलाई १-० गोलले हराएको हो। सिटीको जितमा हालान्डले ७१ मिनेटमा गोल गरे।
जितसँगै सिटी दोस्रो स्थानमा उक्लियो। सिटीले २५ खेलबाट ५६ अंक जोडेको छ।
शीर्ष स्थानको लिभरपुलको ५७ अंक छ। तेस्रो स्थानको आर्सनलको ५५ अंक छ।
शीर्ष तीन टिमबीचको दूरी तीन अंकको हुँदा उपाधि होड रोमाञ्चक बनेको छ।