पिस प्वाइन्ट र काष्ठमण्डप १२ औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो सेमिफाइनलमा पिस प्वाइन्टले चेल्सी वल्र्ड स्कुललाई १–० को झीनो गोलअन्तरले पराजित गर्यो । पिस प्वाइन्टका हिमाल थिङले निर्णायक गोल गरे । चेल्सीका लोभेन्सन तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए ।
दोश्रो तथा अन्तिम प्रतिस्पर्धात्मक सेमिफाइनलमा काष्ठमण्डपले आयोजक लोयल्टी ‘बी’ लाई टाइब्रेकरमा ३–२ गोलले हरायो ।
पेनाल्टीमा काष्ठमण्डपका अध्ययन शेरचन, विशांक कार्की र साहस ढकालले गोल गरे । लोयल्टी ‘बी’ बाट साहिल राई र गौरव राईले पेनाल्टी अवसरलाई सदुपयोग गरे । लोयल्टी ‘बी’ का साहिल राई ‘म्यान अफ द म्याच’ चुनिए । फाइनल शुक्रबार हुनेछ ।