अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक साधारणसभाले सोमबार फुटबलको वार्षिक क्यालेन्डर अनुमोदन गरेको छ। बहुमत केन्द्रीय सदस्यको विरोध र बहिष्कारका बीच भएको साधारणसभाले वार्षिक कार्यक्रम अनुमोदन गरेको हो।
जसमा वर्षको सहिद स्मारक बी डिभिजन लिग र सी डिभजन लिग चैतदेखि आयोजना गर्ने तय छ।
तर वर्षको सहिद स्मारक ए डिभिजन लिग आगामी वर्षको पुसदेखि २०८२ को जेठसम्म आयोजना गर्ने एन्फाको योजना छ।
ए डिभिजन लिगअघि आगामी असोजदेखि कात्तिकसम्म नेपाल सुपर लिग फ्रेञ्चाइज फुटबल हुनेछ।
एन्फाको वार्षिक क्यालेन्डर
जिल्ला लिग -२०८० फागुनदेखि २०८१ वैशाखसम्म
सी डिभिजन लिग- २०८० चैतदेखि २०८१ असारसम्म
बी डिभिजन लिग- २०८० चैतदेखि २०८१ असारसम्म
महिला लिग पहिलो राउन्ड र दोस्रो राउन्ड - २०८० चैतदेखि वैशाख र २०८१ जेठदेखि असारसम्म
फुटसल प्रतियोगिता- २०८१ वैशाखदेखि जेठसम्म
यू-१४ स्कुल प्रतियोगिता- २०८१ जेठदेखि असारसम्म
यू-१६ लिग- २०८१ साउदेखि असोजसम्म
ग्रासरुट लिग -२०८१ वैशाख
प्रदेश लिग- २०८१ भदौ
प्रेसिडेन्ट लिग – २०८१ भदौदेखि असोजसम्म
नेपाल सुपर लिग- २०८१ असोजदेखि कात्तिकसम्म
यू-१८ लिग – २०८१ कात्तिकदेखि पुससम्म
यू-१८ महिला लिग- २०८१ मंसिरदेखि पुससम्म
ए डिभिजन लिग – २०८१ पुसदेखि २०८२ जेठसम्म
बी डिभिजन फुटसल लिग- २०८१ असोजदेखि कात्तिकसम्म
ए डिभिजन फुटसल लिग- २०८१ मंसिरदिख पुससम्म