जावलाखेल युथ क्लब केपी ओली कपको अन्तिम चारमा पुगेको छ।
मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलमा आयोजक टिमलाई २-१ गोलले हराएर जावलाखेल सेमिफाइनलमा पुगेको हो।
जावलाखेलका लागि निराजन धामीले ३९ मिनेटमा पहिलो गोल गरे। ८१ मिनेटमा निरज चौधरीले अग्रता दोब्बर पारे।
आयोजकका लागि एडमा डोउमबियाले ८४ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।