शुक्रबारदेखि नेपालमा साफ यू-१६ महिला च्याम्पियनसिप सुरू हुँदैछ। चार टिमले भाग लिने प्रतियोगिताको सबै खेल च्यासल मैदानमा हुनेछन्।
प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश र भुटान सहभागी छन्। प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार भारत र भुटान खेल्दैछन्।
नेपालले आफ्नो पहिलो खेल शनिबार बंगलादेशसँग खेल्नेछ। दोस्रो खेल सोमबार भुटानसँग र अन्तिम खेलमा बिहीबार भारतसँग प्रतिस्पर्धा गर्नेछ।
लिग चरणमा शीर्ष दुई टिमबीच फागुन २७ गते आइतबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
अघिल्लो वर्ष बंगलादेशमा आयोजना भएको प्रतियोगिताको उपाधि आमन्त्रित टिम रसियाले जितेको थियो।