इन्टर मिलानले ऐतिहासिक डर्बी भिडन्तमा कट्टर तथा निकटतम प्रतिद्वन्द्वी एसी मिलानलाई २-१ गोलले हराउँदै २० औं इटालियन सिरि ए उपाधि जितेको छ ।
इन्टरलाई अग्रता दिलाउन कर्नरबाट बेन्जामिन पाभार्डको फ्लिकमा फ्रान्सेस्को एसेर्बीले हेडमार्फत १८औं मिनेटमा गोल गरे।
मार्कस थुरामले ४९ मिनेटमा इन्टरको अग्रता दोब्बर पारे।
८० फिकायो तोमोरीले गोल गर्दै मिलानलाई केही आसा देखाए।
इन्जुरी टाइममा खेल तनावग्रस्त बन्दा तीनवटा रातो कार्ड देखाउनु परेको थियो।
मिलानका हर्नान्डेज र इन्टरका डेनजेल डम्फ्रिजलाई झगडामा सामेल भएको भन्दै रातो कार्ड दिएको थयो। मिलाका कप्तान डेभिड क्यालाब्रियालाई हिंसात्मक व्याहारका लागि खेलको अन्तिमतिर रातो कार्ड दिँदा मिलान ९ खेलाडीमा सीमित बनेको थियो।
पाँच खेलअघि उपाधि जितेको इन्टरले ३३ खेलबाट ८६ अंक जोड्दा दोस्रो स्थानको मिलानको ६९ अंक छ। युभेन्ट्स ६४ अंकसहित तेस्रो स्थानमा छ।