एएफसी यू-२० एसिया कप छनोटमा नेपालले दोस्रो हार ब्यहोरेको छ।
बुधबार चाइनिज ताइपेईमा भएको खेलमा नेपाललाई उज्वेकिस्तानसँग ६-० गोलले पराजित भएको हो।
यसअघि नेपालले पहिलो खेलमा कम्बोडिया ४-१ गोलको पराजय भोगेको थियो।
यद्यपी दोस्रो खेलमा नेपालले चाइनिज ताइपेईसँग ३-१ गोलले पराजित गरेको थियो। सो खेलमा समिर तामाङले ह्याट्रिक गरेका थिए।
दोस्रो हारसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना कमजोर भएको छ। हारले शीर्ष स्थानमा पुग्ने सम्भावना सकिएको छ भने दोस्रो हुने सम्भावना पनि कमजोर भएको छ।
समूहबाट शीर्ष हुने टोली यू-२० एसिया कप २०२५ मा छनोट हुनेछ। दोस्रो हुने टोलीको पनि एसिया कपमा पुग्ने सम्भावना छ। अब नेपालले समूहको अन्तिम खेलमा शुक्रबार बहराइनसँग खेल्नेछ।