एन्फा महिला लिग २०२४ को सुपर लिग खेल्ने पाँचै टोलीको टुंगो लागेको छ।
बिहीबार भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ४-० गोललेपराजित गर्दै कोशीले पाँचौ स्थान पक्का गरेसँगै सुपर लिग खेल्ने पाँचै टोलीको टुंगो लागेको हो।
यसअघि बिहीबार नै बिहीबार भएको लिगको आफ्नो अन्तिम खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई २-१ गोलले हराउँदै सुपर लिगमा स्थान पक्का गरेको थियो।
जितसँगै वालिङले नौं खेलबाट १५ अंक जोडेको छ। अन्तिम खेलअघि २२ अंक जोडेको शीर्ष स्थानको एपिएफ, १९ अंक जोडेको त्रिभुवन आर्मी र १८ अंक जोडेको नेपाल पुलिसले सुपर लिगमा स्थान पक्का गरिसकेका छन्।
आजको जितले वालिङले चौथो स्थान पक्का गर्यो। यस्तै पाँचौ स्थान पक्का गरेको कोशीले १४ अंक जोड्यो।
वालिङ र कोशीले लिगका सबै खेल खेल्दा एपिएफ, आर्मी र पुलिसले अन्तिम खेल खेल्न बाँकी छ।