नेपाल साफ यू-१७ च्याम्पियनसिपबाट बाहिरिएको छ। आज भुटानमा भएको सेमिफाइनलको खेलमा भारतसँग ४-२ गोलले पराजित भएसँगै नेपालको यात्रा सेमिफाइनलमा सकिएको हो।
पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको ६० मिनेटपछि ६ गोल भएको थियो। भारतका लागि विशाल यादवले ६१ र ६८ मिनेटमा गरी दुई गोल गरे।
८२ मिनेटमा नेपालका सुवास बमले गोल फर्काएका थिए। तर ८५ मिनेटमा भारतका ऋषि सिंहले तेस्रो गोल गरे।
भारतका मोहमद कैफले ८९ मिनेटमा गोल गर्दा नेपालले भारतको अग्रता ३-२ मा झार्यो। तर इन्जुरी समयको पाँचौ मिनेटमा भारतका लुङकिङले गोल गर्दा नेपालको आसा सकियो।
यसअघि समूह चरणमा नेपालले पहिलो खेल पाकिस्तानसँग गुमाएपछि त्यसपछि श्रीलंका र भुटानलाई पराजित गर्दै सेमिफाइनल यात्रा गरेको थियो।