आगामी चैत १६ देखि हुने नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताका लागि शनिबार मिनी-अक्सन भएको छ।
ए र बी श्रेणीका खेलाडीका लागि मात्र अक्सन भएको थियो। जसमा ए श्रेणीका १५ खेलाडी र बी श्रेणीका ४५ खेलाडी गरी कुल ६० खेलाडीका लागि बोली लगाइएको थियो।
ए श्रेणीका खेलाडीको न्यूनतम मूल्य २ लाख र अधिकतम मूल्य ४ लाख थियो। यस्तै बी श्रेणीको न्यूनतम मूल्य १ लाख ५० हजार र अधिकतम मूल्य २ लाख थियो।
यी खेलाडीका लागि सात टोलीले बोली लगाएका थिए। जसमा ए श्रेणीका आठ खेलाडीले अधिकतम ४ लाख रुपैयाँ पाएका छन्। जसमा पासाङ लामा, दिनेश हेन्जन, मणिकुमार लामा, आशिष गुरुङ, अभिषेक लिम्बू, सुमित श्रेष्ठ, जिलेस्पीजंग कार्की र सन्तोष खत्री अधिकतम ४ लाखमा बिक्री भएका हुन्।
अक्सनमा नाम चलेका केही खेलाडी भने बिक्री हुन सकेनन्। जसमा गोलकिपर विकेश कुथु, फरवार्डहरु भरत खवास र नवयुग श्रेष्ठ अनसोल्ड भए।
यसअघि सात टोलीले मार्कीसहित ए/बी श्रेणीका कम्तिमा ती र बढीमा चार जना खेलाडी टोलीमा रिटेन गरेका थिए। यसर्थ शनिबार भएको अक्सनबाट कम्तिमा ६ खेलाडी भित्र्याएका छन्।
अब टोलीहरूले सी र डी श्रेणीका खेलाडी ड्राफ्टबाट भित्र्याउनेछन्।
प्रत्येक टोलीले २२ देखि २३ खेलाडी राख्न पाउनेछन्। जसमा १ मार्की, २ देखि ३ जना ए श्रेणीका खेलाडी, ६ जना बी श्रेणीका खेलाडी, ४ जना सी श्रेणीका खेलाडी, १ जना डी श्रेणीका खेलाडी, १ जना स्थानीय खेलाडी, ६ जना विदेशी (एसियाका कम्तिमा १ जना खेलाडी सहित) र १ जना एनआरएनए (राख्न/नराख्ने गर्ने निर्णय टोलीको- नेपाल बाहिर बस्ने नेपाली खेलाडी) राख्न पाउनेछन्।
हेर्नुहोस् मिनिअक्सनपछि सात टोलीमा आबद्ध भएका मार्कीसहित ए र बी श्रेणीका खेलाडीको सूची :-
बुटवल लुम्बिनी एफसी
मनिष डाँगी (मार्की)
एरिक बिष्ट (ए-रिटेन)
निरजन धामी (बी-रिटेन)
सरोज तामाङ (बी-रिटेन)
फत्तेमान घले (बी)
बिमल पाण्डे (बी)
प्रदीप लामा (ए)
टिकेन्द्र सिंह थापा (बी)
दीप कार्की (ए)
सन्दीप कार्की (बी)
धनगढी एफसी
कृतिशरत्न छुञ्जु (मार्की)
देवेन्द्र तामाङ (ए-रिटेन)
रन्दिप पौड्याल (बी-रिटेन)
रामचन्द्र वाजी (बी-रिटेन)
जर्ज प्रिन्स कार्की (बी)
पासाङ लामा (ए)
प्रशान्त लक्सम (बी)
अशोक खवास (बी)
विवेक पौडेल (ए)
जियारथ शेख (बी)
एफसी चितवन
अन्जन विष्ट (मार्की)
विशाल श्रेष्ठ (ए-रिटेन)
छिरिङ गुरुङ (बी-रिटेन)
रोशन राना मगर (बी-रिटेन)
मिलन राई (बी)
शिशिर लेखी (बी)
अभिषेक लिम्बु (ए)
जय गुरुङ (बी)
सुमित श्रेष्ठ (ए)
निरज चौधरी (बी)
झापा एफसी
लकेन लिम्बु (मार्की)
छिरिङ लामा (ए-रिटेन)
अविनाश स्याङताङ (बी)
दिपेश धिमाल (बी)
आशिष गुरुङ (ए)
अन्जल श्रेष्ठ (बी)
रोशन पहारी (बी)
दीपेन्द्र विक (बी)
उज्वल रल (बी)
काठमाडौं रेजर्स एफसी
रोहन कार्की (मार्की)
दिपेश गुरुङ (ए-रिटेन)
कुलदीप कार्की (बी-रिटेन)
अभिषेक बराल (बी-रिटेन)
आशिष चापागाई (बी)
दिनेश हेन्जन (ए)
जिलेस्पी जंग कार्की (ए)
कमल श्रेष्ठ (बी)
दिवाकर चौधरी (बी)
अन्जल महर्जन (बी)
ललितपुर सिटी एफसी
अनन्त तामाङ (मार्की)
सनिश श्रेष्ठ (ए-रिटेन)
आदित्य शाक्य (बी-रिटेन)
सुदीप गुरुङ (बी)
योगेश गुरुङ (बी)
मणिकुमार लामा (ए)
नवीन लामा (बी)
सन्तोष खत्री (ए)
अभिषेक वाइबा (बी)
समित श्रेष्ठ (बी)
पोखरा थन्डर्स एफसी
समीर तामाङ (मार्की)
आयुष घलान (ए-रिटेन)
पदम भट्टराई (बी-रिटेन)
राम थापा (बी)
चन्दन दास (बी)
विशाल तामाङ (बी)
सुरज ज्यु ठकुरी (ए)
कृषल मोक्तान (बी)
एकराज बुढाथोकी (बी)
हेर्नुहोस् कुन खेलाडीको कति मूल्य?