नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर प्रिति राईले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा डेब्यू गरेकी छन्।
यो सिजन जोर्डनको इतिहाद क्लबमा आबद्ध प्रितिले सोमबार एएफसी महिला च्याम्पियन्स लिगमा डेब्यू गरेकी हुन्।
क्लबले सोमबार मेलसिया सुरु भएको समूह ‘सी’ को खेलमा सिंगापुरको क्लब लायन सिटीसँग खेल्दा प्रितिले पहिलो रोजाइमा स्थान बनाएकी थिइन्।
खेलमा लायनले एएफसी महिला च्याम्पियन्स लिग २०२५/२६ को प्रारम्भिक चरणअन्तर्गत समूह 'सी' मा २-० को जित निकाल्यो। जसका कारण प्रितिका लागि डेब्यू खेल सुखद भने हुन सकेन।
पहिलो हाफमा अमी ताकेउचीले गरेका दुई गोलले लायनलाई तीन अंक दिलायो।
यो समूहमा जोर्डनको इतिहाद र सिंगापुरको लायनसहित मलेसियको केलना युनाइटेड र किर्गिज गणतन्त्रको स्द्युशोर सी–एसियागोल छन्।
यता लिगमा आजै नेपालको एपिएफले उज्वेकिस्तानको नासाफसँग खेल्दैछ।