साउदी अरेबियाको अल नासर क्लबले आफ्नो एएफसी महिला च्याम्पियन्स लिग २०२५/२६ प्रारम्भिक चरणको अभियान आइतबार नेपालको एपीएफ एफसीलाई ६-१ ले हरायो।
यस नतिजासँगै अल नासर समूह ‘बी’ मा तीन अंकका साथ तेस्रो स्थानमा रह्यो भने एपीएफ चौथो स्थानमा रह्यो। दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए।
खेलको चौथो मिनेटमा नै अल नासरले अग्रता लिएको थियो। गोलकिपर मोना अलोवाइसको पहिलो गोल गरिन्।
पहिलो हाफमा नै लुभांगाले दोस्रो गोल गरिन्। लुभांगा एपीएफको रक्षापंक्तिका लागि निरन्तर खतरा बनिरहेकी थिइन्, तर पहिलो हाफमा उनका दुई प्रहार अन्जिला सुब्बाले रोकिदिइन्।
अल नासरले खोजेको दोस्रो गोल ४१ औं मिनेटमा प्राप्त भयो जब क्याथेलेनको क्रस एपीएफको रक्षापंक्तिलाई छल्दै मारिया दा सिल्भालाई नजिकबाट गोल गर्न सहज बनायो।
दोस्रो हाफमा एपिएफले सुधारिएको प्रदर्शन गर्यो र ५० औं मिनेटमा एक गोल फर्कायो। बक्स बाहिर सबिता रानामगरले गोल गरिन्।
७० औं मिनेटमा दा सिल्भाको देब्रेबाट आएको कर्लिङ फ्री-किकमा नासरले आफ्नो अग्रता बढायो। त्यसको दस मिनेटपछि उनले पाँचौं गो गरिन्।
सालिहीले ८६ औं मिनेटमा अफसाइड ट्र्याप तोड्दै एपिएफकी गोलकिपबर अन्जिलालाई छक्काएर गोल गरिन्।