सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायरको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरूद्धको खेलमा टस जितेको छ।
टस जितेको विराटनगरले पहिले फिल्डिङ गर्ने भएको छ।
खेलका लागि सुदुरपश्चिममा पाँच खेलाडी परिवर्तन गरिएको छ। आज सुदूरपश्चिममा हेमन्त धामी, मिलन बोहरा, सेलडन ज्याक्सन, स्कट कुगेलिइन र मुख्तर अहमद खेल्दैछन्।
आज सुदुरपश्चिममा दिपक बोहरा, हिक्मत महरा, पुनित मेहरा, ध्रुव परासर र जोश ब्राउन छैनन्।
जोश बाउन अस्ट्रेलिया फर्किएका हुन भने भारतका सेलडन ज्याक्सन र पाकिस्तान मुख्तर अहमद नयाँ आबद्ध खेलाडी हुन्।
विराटनगरमा एक खेलाडी परिवर्तन गरिएको छ। शंकर रानाको स्थानमा नारायण जोशीले खेल्दैछन्।
विराटनगर किंग्स
सन्दीप लामिछाने (कप्तान), लोकेश बम (विकेटकिपर), प्रतिश जिसी, बसिर अहमद, सूर्य तामाङ, नरेन भट्ट, नारायण जोशी, फाप डु प्लेसिस, मार्टिन गप्टिल, साम हिजलेट, मर्स्याङ डि लाङ।
सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, अभिनास बोहरा, इशान पाण्डे, दिपक बोहरा, बिनोद भण्डारी, हरमीत सिंह, सेलडन ज्याक्सन, स्कट कुगेलिइन, मुख्तर अहमद।


मंगलबार अपरान्ह चार बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने यो खेलको विजेता शनिबार हुने फाइनलमा पुग्नेछ।
सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो। अघिल्लो सिजन सुदूरपश्चिम फाइनलमा पुगे पनि उपाधि भिडन्तमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।
गत सिजन जस्तै सुदूरपश्चिमले लिग चरणमा उत्कृष्ट खेल देखायो। लिग चरणका ६ खेल लगातार जितेर सुदूरपश्चिमले शीर्ष स्थान पक्का गरेर पहिलो क्वालिफायरमा स्थान बनाएको थियो।
तर लिग चरणको अन्तिम खेलमा भने सुदूरपश्चिमयले पराजय भोगेको थियो। सुदूरपश्चिमलाई हराएको थियो विराटनगर किंग्सले। त्यसैले लिग चरणको अन्तिम खेलको ‘रिम्याच’ को रूपमा मंगलबारको पहिलो क्वालिफायर खेल हुनेछ।
लिग चरणमा विराटनगरले सुरुवाती खेलमा लय समातेको थियो। तर अन्तिम खेलअघि दुई खेलमा हारेपछि विराटनगरका लागि सुदूरपश्चिमको खेल शीर्ष दुईमा पर्न महत्वपूर्ण थियो।
१४ ओभर नसकिदै लक्ष्य पूरा गर्न पर्ने अवस्थामा विराटनगरले सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य ११.५ ओभरमै पूरा गरिदिएको थियो। खेलमा विराटनगरका दक्षिण अफ्रिकी ब्याटर फा डु प्लेसिसले १९ बलमै अर्धशतक पूरा गर्दा साम हिजलेटमा पनि अर्धशतक प्रहार गरेका थिए।
सुदूरपश्चिम र विराटनगरबीच मंगलबार हुने पहिलो क्वालिफायर खेलको विजेता फाइनल पुग्नेछ। पराजित हुने टोलीले बिहिबार हुने दोस्रो क्वालिफायरमा दोस्रो मौका पाउनेछ।
बुधबार काठमान्डु र लुम्बिनीबीच इलिमिनेटरको खेल हुनेछ। जित हात पार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ। बिहीबार दोस्रो क्वालिफायरको विजेता पनि शनिबार हुने फाइनलमा पुग्नेछ।