चार पटकको च्याम्पियन जर्मनीले आगामी मंसिर ४ गतेदेखि कतारमा सुरू हुने फिफा विश्वकप फुटबलका लागि टोलीको अन्तिम घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक हान्सी फ्लिकले बिहिबार कतार विश्वकप खेल्ने २६ सदस्यीय जर्मन टोलीको घोषणा गरेका हुन् ।
जर्मनी टोलीमा बोरुसिया डर्टमण्डका युसोउफा मोउकोको र वेर्डर ब्रेमेनका निकलस फुल्करग पहिलो पटक परेका छन् ।
जर्मनीका अनुभवी डिफेण्डर माट ह्युमल्स भने यसपटकको विश्वकप खेल्ने दखिनेछैनन्। उता फरवार्ड टिमो वेर्नर चोटका कारणयसअघि नै विश्वकपबाट बाहिरिसकेका छन् ।
गोलकिपर मानुएल निउर, मिडफिल्डर जोसुआ किम्मीच र फरवार्ड थोमस मुलर टिममा सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन्।
विश्वकपमा जर्मनी समूह ‘ई’ मा छ । जर्मनीले मंसिर ७ गते जापानसँग खेल्दै विश्वकप सुरू गर्नेछ। समूह चरणको दोस्रो खेलमा जर्मनीले मंसिर ११ गते स्पेनविरूद्ध खेल्नेछ भने मंसिर १५ गते कोष्टारिकाविरूद्ध खेल्नेछ।
जर्मनी टोली
- गोलकिपरः मानुएल नोए, मार्क आन्द्रे टेर स्टेगन, केभिन ट्रयाप
- डिफेण्डरः अर्मल बेल्ला कोटच्याप, माथिएस जिन्टर, क्रिस्टियन गुन्टर, थिलो केहरर, लुकास क्लोस्टरम्यान, डेभिड राउम, एन्टोनिओरुडिगर, निको स्लोटरबेक, निकलस सुले
- मिडफिल्डर र फरवार्डः करिम आडेयेमी, युलियन ब्रान्ड्ट, निकलस फुल्करग, सर्जी जिनाब्री, लिओन गोरेट्ज्का, मारियो गोट्चा, इल्केगुन्डोगान, काऐ हाभार्ट, जोनास होफम्यान, जोसुआ किम्मिच, युसुउफा मोउकोको, जमल मुसिएला, थोमस मुलर, लेरोय साने