घुँडाको चोटको उपचारका लागि काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका जुडो खेलाडी रमेश मगर आज डिस्चार्ज भएका छन् ।
ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर तथा बरिष्ठ अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डे र टिमले उनको देब्रे घुँडाको सफल शल्यक्रिया गरेको हो ।
आफुले अर्को वर्ष नेपालमा हुने दक्षिण एसियाली खेलकुदमा सहभागी भएर राम्रो नजिता निकाल्ने उद्देश्यसहित शल्यक्रिया घुँडाको शल्य गरेको जनाएका छन्।
सन् २०१० मा बंगलादेशमा आयोजना भएको एघारौं दक्षिण एसियाली खेलकुद- सागको उद्घाटनको अघिल्लो दिन लिफ्ट दुर्घटना पर्दा रमेश सहित नेपाली खेलाडीहरु घाइते भएका थिए ।
दुर्घटनामा घाइते भएपछि मगर ६६ केजीमुनि तौल समूहमा प्रतिस्पर्धामा उत्रन सकेका थिएनन् । दुई वर्षअघि भारतमा भएको १२औं सागमा कास्य जितेर मगरले ढाका दुर्घटनाको पीडा बिर्सिएका थिए ।
सन् २०१० को दुर्घटना दुई वर्षअघिको सागमा फेरि बल्झिएपछि उनको अप्रेसन गरिएको हो । सन् २०१९ मा नेपालमा हुने सागमा स्वर्ण जित्ने उद्देश्य लिएका उनले ६ महिनापछि प्रशिक्षणमा फर्कने जनाएका छन्।