१६ वर्षपछि कैलाली जिल्ला फुटबल संघको नेतृत्व फेरिएको छ। प्रकाश विष्टको नेतृत्वमा रहेको कैलाली जिल्ला फुटबल संघले बुधबार नयाँ अध्यक्ष छनोट गरेको हो।
धनगढीमा सम्पन्न सातौं साधारणसभाले मोहित शाहको अध्यक्षतामा १९ सदस्यीय कैलाली जिल्ला कार्यसमिति चयन गरेको छ। ‘हाम्रो गोल, महिला हिंसा विरुद्धको बोल’ भन्ने नाराका साथ सम्पन्न साधारणसभाले १९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतले चयन गरेको हो।
यस कार्यसमितिको उपाध्यक्षमा अनिल मल्ल, सुरेश हमाल र राघवेन्द्र कार्की रहेका छन्। त्यस्तै महासचिवमा ओम प्याकुरेल, कोषाध्यक्षमा रामदत्त भट्ट, सचिवमा कुमार बहादुर शाह चयन भएका छन्।