क्रिकेट मैदानमा जब भारतले इंग्ल्याण्डलाई उसकै घरमा फराकिलो अन्तरले हरायो। तर ट्विटरमा पहिलो नम्बरको ट्रेन्डिङमा न ६ विकेट लिने कुलदीप यादव छाए नत सतक प्रहार गर्ने रोहित शर्मा नै थिए।
यहाँ आसामकी १८ वर्षिय एथलीट हिमा दासको नाम सबैभन्दा माथि थियो। किनकी, बिहिबार क्रिकेटको सामान्य जीतभन्दा भारतका लागि एथलेटेक्समा ऐतिहासिक दिन थियो।
फिनल्याण्डमा भएको आईएएएफ विश्व अन्डर २० एथ्लेटिक्समा ४ सय मिटर स्पर्धामा भारतकी १८ वर्षिय गीताले स्वर्ण जित्न सफल भएकी थिइन्। विश्व एथ्लेटिक्समा भारतले पहिलो पटक स्वर्ण जित्न सफल भएको छ।
यस अगाडि भारतको कुनै पनि जुनियर र सिनियर खेलाडीले विश्व एथ्लेटिक्स च्याम्पियसिपमा स्वर्ण जितेका छैनन्। हिमाले ४ सय मिटर दौड ५१ दशमलव ४६ सेकेन्डमा पुरा गरिन् ।
रोमानियाकी एन्ड्रिया मिकलोसले रजत र अमेरिकाकी टेलर मैसनले कास्य पदक हात पारिन् । सुरुवाती ३५ सेकेन्डसम्म हिमा शीर्ष तीन खेलाडीमा समेत रहेकी थिईनन् । तर अन्तिममा गतिलाई समात्दै उनले इतिहास कोर्न सफल बनिन् ।
स्पर्धा पछि स्वर्ण पदक लिएसँगै बजेको राष्ट्रगानले सबैलाई भाबुक बनाएको थियो।
यसअघि बुधवार भएको सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै ५२.१० सेकेन्डको समय निकाल्दै पहिलो स्थानमा थिइन्। पहिलो दौडको हिट राउण्डमा उनले ५२.२५ समय निकाल्दै पहिलो स्थानमै थिइन्।
यो सँगै हिमा दासले लेजेन्ड मिल्खा सिंहरर पीटी उषाको रेकर्डसमे तोडेकी छन्। सन् १९६० को रोम ओलम्पिकमा मिल्खा चौथो स्थानमा थिए भने पीटी उषा सन् १९८४ को ओलम्पिकमा चौथो स्थानमै दौड सकाएका थिए।
अप्रिलमा गोल्ड कोस्टमा भएको कमनवेल्थ खेल अन्तर्गत ४०० मिटर स्पर्धामा हिमा छैठौं स्थानमा थिइन्। त्यतिखेर उनले उक्त दुरी ५१.३२ सेकेन्डमा पारे गरेकी थिइन्।