विश्व नम्बर एक सिमोना हलेपलाई हराउँदै सिनसिनाटी मास्टर्सको महिला तर्फको उपाधि बरियता विहीन खेलाडी कीकी बेरटेन्सले जितेकी छिन्।
फाइनलमा उनले सिमोना हलेप २-१ ले हराउँदै पहिलो पटक ठूलो उपाधि जितेकी हुन्।
विश्व बरियतामा १७ औं स्थानमा रहेकी कीकीले हलेपको एक सेटको अग्रतालाई उल्ट्याउँदै दुई एकको प्रतिस्पर्धात्मक जित निकालिन्।
रोमानियाकी हलेप विरुद्ध पहिलो सेट २-६ ले गुमाएकी कीकीले उत्कृष्ट कमब्याक गरेकी हुन्।
जसमा उनले दोस्रो सेट ७-६ ले जितिन् भने तेस्रो सेट ६-२ ले आफ्नो पक्षमा पार्दै उपाधि उचालिन्।