इन्डोनेसियामा सम्पन्न एशियाली खेलकुदमा रजत पदक जितेको प्याराग्लाडिङ टिमलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ।
नगरपरिक्रममासहित २० वर्षपछि मुलुकलाई एसियाली खेलकुदमा पदम जिताउन सफल खेलाडीलाई सोमबार सम्मान गरिएको हो।
खेलाडीलाई घोडाको बग्गीमा राखेर त्रिपुरेश्वरबाट सुन्धारा, रत्नपार्कहुँदै राष्ट्रिय सभा गृहमा पुर्याएर सम्मान गरिएको थियो।
खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टसहित पदाधिकारीले नगरपरिक्रमामा साथ दिएका थिए। तर अन्य खेलाडी तथा सर्वसाधारणको उपस्थिति नगन्य थियो।
एशियाडमा नेपाललाई एक मात्र पदक दिलाउनले प्याराग्लाडिङका ५ खेलाडी छन्। खेलाडी सहित मुख्य प्रशिक्षक लगायतको टिमलाई प्रधानमन्त्री केपीशर्मा ओलीले सम्मान गर्ने भनिए पनि कार्य व्यस्तताका कारण प्रधानमन्त्री उपस्थित भएनन्। पदक विजेता खेलाडीलाई नगद ५ लाख सहित सम्मान गरिएको हो।
नेपालले पुरुष टिम क्रस कन्ट्री स्पर्धामा रजत पदक हात पारेको थियो। यो पदक करिब दुई दशकपछि नेपालले एशियाली खेलकुदमा जितेको सबैभन्दा ठूलो पदक हो।