आगामी मंसिर २९ गतेदेखि राजधानीमा दोस्रो संस्करणको बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता हुने भएको छ।
बाह्रखरी मिडिया प्रा.लिको आयोजनामा हुने प्रतियोगितामा सय जना खेलाडीले सहभागिता जनाउनेछन्।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले १८ होल स्टेबलफोर्ड थ्री बाई फोर ह्यान्डीक्याप फम्र्याटमा हुने खेल गोकर्ण गल्फ क्लबमा हुने जानकारी दिएको हो।
प्रतियोगितामा होल इन वान गर्ने खेलाडीले टाटा कम्पनीको गाडी पुरस्कार पाउने भएका छन्। यस्तै प्रतियोगिताको विजेताले चौबिस क्यारेट सुनको ‘गल्फ बल’ प्राप्त गर्नेछन्।
यस्तै प्रतियोगितामा बेष्ट ग्रस, लंगेष्ट डाइभ, क्लोजेस्ट टु द पिन तथा मोस्ट बर्डिजलाई समेत पुरस्कार दिइने भएको छ।
मिडिया हाउसले गल्फ प्रतियोगिता आयोजना गर्दा गल्फको प्रवद्र्धन भएको गोकर्ण गल्फ क्लबका अध्यक्ष सुधिर घिमिरेले जानकारी दिए।
घिमिरेले नेपालको गल्फ प्रचारप्रसारको अभावमा विकास हुन नसकेको गुनासो गरे। तर उनले यसरी मिडियाले नै गल्फ प्रतियोगिता गर्दा खेलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।