भीमकाय शरीर भएका रोली विङ्कलारको पहिलो भिडियो सार्वजनिक भएको छ । नेपालमा आयोजना हुने ‘आइएफबिबि प्रोफेसन लिग नेपाल बडिबिल्डिङ च्याम्पियन–२०१९ (प्रो क्वालिफायर) ’ को ‘गेष्ट पोजर’ को भूमिकामा विङ्कलार नेपाल आउन लागेका हुन् । उनी फागुन २ मा नेपाल आउँदैछन् । प्रतियोगिता फागुन ३–४ मा प्रज्ञा प्रतिष्ठानमा आयोजना हुन लागेको छ ।
विङ्कलारले भिडियोमा ‘हाइ नेपाल आइएम कमिङ टु सी प्रमोटर सानु’ भनेर सम्बोधन गरेका हुन् । सोशल मिडियामा सबैभन्दा बढी खोजिने बडिबिल्डरको छवी बनाएका विङ्कलारले पहिलो पल्ट आफ्नो मुखबाट नेपालको नाम लिएका हुन्।
उनको ‘इन्स्टाग्राम’ मा मात्र १२ लाख ‘फलोअर’ छन् । यस्तै, फेसबुकमा १ लाख ४२ हजार ‘फलोअर’ छन्।
विङ्कलारले नेपालमा आयोजना हुने प्रतियोगितामा भाग लिने सबै खेलाडीलाई छिटै भेट्ने जानकारी दिएका छन्।
विङ्कलार विश्व बडिबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएको खेलाडी मानिन्छन् । उनको पाखुरा मात्र २४ इन्चीको छ । उनी बडिबिल्डिङमा ‘द विष्ट’ र ‘सामुराई’ को उपनामले परिचित छन् । नेदरल्यान्डमा जन्मिएका ४१ वर्षीय विङ्कलार अमेरिकामा बसोबास गर्छन् । उनी गत वर्ष ‘आर्नोल्ड क्लासिक’ का विजेता हुन्।
अन्तर्राष्ट्रिय बडिबिल्डिङका हस्ती रोली विङ्कलार नेपाल आउँदै