काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सद्धारा स्थापित ‘डिन कप' को दोस्रो संस्करण मणिपाल शिक्षण अस्पतालले गर्ने भएको छ। वार्षिक रुपमा रजत जयन्ती मनाउँदै आइरहेको संस्थाले डिन कपको दोस्रो संस्करण यही अप्रिल २६ देखि २ तारिकसम्म मनाउने भएको हो।
डिन कप सफल बनाउन मणिपालमा अध्ययनरत विद्यार्थीहरु, इन्ट्रन डक्टर, मेडिकल अफिसर, कन्सल्टयान्ट डक्टरहरु लागिपरेका छन्।
‘२०१९ मणिपाल अल इन्ट्रन मेडिकल कलेज स्पोर्ट मिट' भन्ने नारा दिइएर डिन कप आयोजना भइरहेको इभेन्ट को–अर्डिनेटर यूजल सुवेदीले जानकारी दिए।
मणिपालमा आयोजना हुने दोस्रो संस्करणमा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सवैलाई समेटेर लैजाने मिडिया एन्ड न्यूज पब्लिसिटी को–अर्डिनेटर राहुल गोईतले बताए।
१३ गतेदेखि १५ वटा विभिन्न मेडिकल कलेजबाट करिब ३ सय ५० देखि ४ सय जना विद्यार्थीहरु यस कार्यक्रममा आउने गोइतले बताए।
मणिपालले यस डिन कपलाई मेडिकल क्षेत्रमा नै एक प्रतिष्ठित रनिङ सिल्ड बनाई हरेक वर्ष विभिन्न मेडिकल कलेजमा आयोजना गराउने र मेडिकल क्षेत्रमा संलग्न सबैलाई एक आपसमा चिनजान, मित्रता, आदर र नेपालभरका चिकित्सक शास्त्र विद्यार्थीलाई एक ठाउँमा ल्याउने स्पोर्ट कोअर्डिनेटर अभिषेक वानियाँले बताए।
खेलकुदतर्फ फुटबल, बास्केटबल, भलिबल, क्रिकेट, फुटसल ब्याटमिन्टन, टेवलटेनिस गेम हुने गोइतले जानकारी दिए।