लामो समयदेखि विवादमा रहेको कराते महासंघ पुनर्गठन पछि एकीकरण भएपछि राष्ट्रिय खेलुकद परिषदको निर्देशनमा महासंघले निर्वाचनको तयारी थालेको छ।
युवा तथा खेलकुद मन्त्रालय तथा खेलकुद परिषदले कराते महासंघको निर्वाचन तीन महिना भित्र गर्न निर्देशन दिएसँगै महासंघ निर्वाचनको तयारीमा लागेको छ।
निकै लामो समयदेखि केदारबाबु सिवाकोटी, पुरेन्द्र लाखे, दाबा गुरुङलगायतको समूह र झुन्डमा विभाजित कराँते महासंघ एकीकरण भएपछि यसको नेतृत्वको लागि थुप्रै अनुहारहरु अगाडि देखिएका छन्।
यसैबीच राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष, अन्तर्राष्ट्रीय रेफ्री तथा पूर्व अन्तर्राष्ट्रिय पदकधारी खेलाडीसमेत रहेका मीनकृष्ण महर्जनले पनि महासघंको अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन्।
युवा पुस्ताका खेलाडी बिच सधै लोकप्रिय मिनकृष्ण महर्जनले छोटो समय राष्ट्रिय खेलुकद परिषदको कोषाध्यक्ष रहँदा नेपालभर निकै चर्चा कमाएका थिए।
खेलाडीहरू माझ लोकप्रिय महर्जनले खेलकुदको विकास गर्न, खेलाडी खेलाडी बिचको तिक्तता एवम् विवाद हटाउन, कराँतेमा मौलाएको खराबी अन्त्य गर्न आफ्नो उमेदवारी रहेको बताएका छन्।
लामो समय बिभिन्न गुट उपगुट अनि राष्ट्रिय र अन्तर्राष्ट्रिय समूहमा विभाजित कराँते महासंघ भित्र मौलाएको विकृति र विसङ्गतिलाई जरैदेखि निर्मूल पार्न आफ्नो उम्मेदवारी रहेको महर्जनले दाबी गरेका छन्।
महर्जनले राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्षमा रहँदा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई सम्मान गर्दै खेलाडी प्रोत्साहनका विभिन्न कार्यक्रम अघि सारेका थिए।
नेपाली कांग्रेसका युवा नेताका रुपमा परिचित महर्जनलाई कांग्रेस निकट मात्र नभई अन्य पार्टीमा आबद्ध युवाहरुले पनि रूचाउने गर्छन्। सिधा कुरा प्रष्ट विचार महर्जनको महत्वपूर्ण पक्ष हो।
कराँतेमा करिब तीन दशक बिताएका महर्जन यतिखेर महासंघका एक मात्र शसक्त उमेदबारका रुपमा चिनिएका छन्। पछिल्लो आम निर्वाचनमा नेपाली कांग्रेशको तर्फबाट प्रदेशसभामा चुनाव लडेका महर्जन झिनो मतले पराजित भएका थिए।
महर्जनले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रुपमा करातेका विभिन्न प्रतियोगिताहरू आयोजना गरी खेलकुद क्षेत्रको विकासलाई मद्दत पुर्याउन ठूलो भूमिका निर्वाह गरेका छन्।
केही महिनाअघि कांग्रेस नेता स्व. गणेशमान सिंहको स्मृतिमा अहिलेसम्मकै ठूलो धनराशिको किक बक्सिङ प्रतियोगिता महर्जनकै संयोजकत्वमा सम्पन्न भएको थियो।