आठौं राष्ट्रिय खेलकुद अन्तर्गत दाङको घोराहीमा जारी टेवल टेनिस प्रतियोगिताको महिला टिम इभेन्ट्स र डबल्समा नेपाल प्रहरीले स्वर्ण पदक जितेको हो।
महिला इभेन्ट्समा शसस्त्र प्रहरीको एपीएफ क्लवलाई ३–१ अर्थात २–३, ३–०, ३–१ र ३–० को सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब टिम इभेन्ट्सको च्याम्पियन बनेको हो। महिला डबल्सको फाईनलमा पुलिसकी नविता र एलिनाको जोडीले आर्मीको स्वेच्छा नेम्वाङ र रविना महर्जनको जोडीलाई ११–८, ११–७ र ११–८ को सोझो सेटमा पराजित गरे ।
प्रतियोगितामा महिला टिम इभेन्ट्स, पुरूष टिम इभेन्ट्स, महिला डवल्स, पुरूष सिंगल, महिला सिंगल, मिक्स डबल, मेन्स् डबल इभेन्ट्समा कडा प्रतिस्पर्धा हुनेछ।
चैत ३० गते सम्म संचालन हुने प्रतियोगितामा खेलाडी, अफिसियल गरी १ सय १८ बढी खेलाडी तथा पदाधिकारी दाङ आएका छन् ।