आगामी शनिबार काठमाडौंमा रेस्लिङ प्रतियोगिता हुने भएको छ।
नेपाल रिङ रेस्लिङ संघले वैशाख २८ गते शनिबारका दिन एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्न लागेको हो। संघले नेपाल र चीनबिचको मित्रतालाई उत्सवका रुपमा मनाउने क्रममा प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ।
नेपालमा रिङ रेस्लिङ खेलको विकास गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाल रिङ रेस्लिङ संघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिबिधिहरु अगाडी बढाउदै आएको महासचिव सुर्वण श्रेष्ठले जानकारी दिइन् ।
वान वेल्ट वान रोड चीनद्वारा प्रायोजित एक योजना हो । जसमा पुरानो सिल्क रोडको आधारमा एसिया, अफ्रिका र युरोपका देशका सडक र रेलमार्गसँग जोडिने छन् । यो योजनाले समकालीन अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा योगदान दिने देखिएकाले नै हामीले यो अभियानकै नाममा प्रतियोगिता आयोजना गर्न लागेका हौं ।
नेपालले पनि विआरआइको माध्यमबाट नेपाल चीनको सम्बन्धलाई अझ घनिष्ट बनाउने विश्वास लिएको छ संघद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ। त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते ३ बजे हुने प्रतियोगितामा ८ देशका टप रेस्लरहरुको सहभागिताता हुने छ ।
राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एकेडब्लु चीनको समन्वयनमा हुन लागेको यो प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागिता रहेको छ ।
नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर, ठाकुर, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरि अमेरिकाका एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग सामको सहभागीता हुने छ । चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा छन् । त्यसैगरि हङकङका के सी, चियरम्यान एएल, मिचेल सु छन् । न्यूजिल्यान्डका टोमी कम्ब्याट छन् । रेफ्रीमा प्रदिप पाण्डे, कुवरे केसी, विकाश खड्का रहेका छन् ।
प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ । जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको वेल्ट प्रदान गरिने छ । प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन् ।
यो प्रतियोगिता आयोजना गर्नका लागि ४५ लाख बजेट लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको आतिथ्य साझेदारमा सानेपाको होटल एल्लो दरबार रहेको छ ।
यस संघले यस अघि पनि हत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गरेको थियो । काठमाडौंमा मिति २०७३ साल बैशाख ४ गते पहिलो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ च्याम्पियनसिप गरेको थियो भने पोखरामा २०७३ साल फागुन १८—२१ मा नेपाल भारत मैत्रिपुर्ण प्रतियोगिता र २०७४ साल कात्र्तिक २५ गते दोश्रो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ च्याम्पियनसिप काठमाण्डौ र ईटहरीमा सम्पन्न गरिसकेका छ । २०७४ फागुनमा आरडब्लु संग्राम गरिएको थियो।