आगामी शनिबारदेखि पहिलो स्कोडा अन्तर बैंक फुटसल प्रतियोगिता हुने भएको छ।
एक्टिभ स्पोर्ट्स कम्प्लेक्सको आयोजनामा हुने प्रतियोगितामा २० वटा बैंकले भाग लिनेछन्। ढोलाहिटी पाटनस्थित कम्प्लेक्सको फुटसल मैदानमा हुने प्रतियोगितामा बैंकका कर्मचारीले मात्र भाग लिने पाउनेछन्।
प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। यस्तै उत्कृष्ट खेलाडी र उच्च गोलकर्ताले कम्प्लेक्सको पौडी सदस्यता पाउनेछन्।
प्रतियोगिताको समूह ‘ए’ मा एनआइबिएल, ग्लोबल आइएमई, नबिल, कुमारी र लक्ष्मी बैंक रहेका छन्।
समूह ‘बी’ मा सिद्धार्थ, सिटिजन, मेघा, माछापुच्छ्रे र एनआइसी एसिया छन् भने समू ‘सी’ मा एनसिसी, राष्ट्रिय बाणिज्य, सिभिल, प्रभु र सेन्चुरी बैंक छन्।
समूह ‘डी’ मा हिमालयन, एनएमबी, सनराइज, नेपाल बंगलादेश र बैंक अफ काठमाडौं रहेका छन्।
चार समूहका उत्कृष्ट २-२ टिमहरु क्वार्टरफाइनलमा पुग्नेछन्।