आगामी मंसिरमा नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने खेलाडीहरुको नाम कात्तिक १४ भित्र दर्ता गर्नुपर्ने भएको छ।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसहितको बैठकले कात्तिक १४ भित्र सागमा सहभागी हुने खेलाडीको नाम दर्ता गर्नु पर्ने निर्णय गरेको हो।
सार्क क्षेत्रका देशहरुको खेलकुदको कुम्भमेला साग खेलकुदमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स र अफगानिस्तानको सहभागिता रहनेछ।
त्यस्तै ८ वटै देशले आफू सहभागी हुने खेलको टुंगो असोज १३ भित्र लगाउनु पर्ने पनि निर्णय गरिएको छ। बैठकले भदौ ७ मा ह्यान्डबुक निकाल्ने पनि निर्णय गरेको छ।
आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुने प्रतियोगितामा २७ खेलमा प्रतिस्पर्धा हुने तय छ।