काल्सबर्ग गल्फ सिरिज् २०१९ को अन्तिम लेग् अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको अन्तिम सिरिज् भव्य रुपमा सकिएको छ । यस प्रतियोगितामा देशका प्रमुख उदयमान गल्फरहरुको कडा प्रतिस्पर्धा र गल्फ प्रतिको माया देखिएको थियो ।
३ वटा सिरिज् मध्येको अन्तिम सिरिज्मा आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका उदयमान–गल्फरहरुलाई पनि यस इभेन्टमा सुनौलो मौका प्रदान गरिएको थियो ।
मेजर निश्चय रायमाझीले २७५ अंक प्राप्त गरी टप पोजिसन हासिल गरेर काल्सबर्ग गल्फ सिरिज् २०१९को नेट च्याम्पियन भएका छन् र उपहार स्वरुप मलेसियामा हुने गल्फ टुर्नामेन्टमा सहभागि हुने अवसर प्राप्त गरेका छन् साथै तासी छिरिङ्गले २१० अंक प्राप्त गरी सिरिज्को ग्रस च्याम्पियन बन्न सफल भएका छन् ।
मेजर निश्चय रायमाझीले ३७ अंक प्राप्त गरी टप पोजिसन हासिल गरेर नेट विजेता भएका छन् भने तासी छिरिङ्गले ३५ अंक प्राप्त गरी अन्तिम सिरिज्को ग्रस विजेता बन्न सफल भएका छन् । राज प्रधान ३५ अंक काउन्ट ब्याकका साथ नेट उप–विजेता बने ।
३० अंक काउन्ट ब्याकका साथ प्रतिभा राई महिला तर्फका विजेता बन्न सफल भएकी छिन् भने ३० अंक काउन्ट ब्याकका साथ करिष्मा साह उप विजेता बनेकी छिन् । यसै गरी ६० वर्ष र त्यसभन्दा माथिका सहभागीहरुका सिनियर विधामा ३४ अंकका साथ मदन राणा विजेता भए ।
५ बर्डिज साथ विजय एस. इनहउस ले मष्ट बर्डिजका उपाधि जिते । वाङ्गछेन धोन्डोप र लि उई जि ले भने क्रमशः लङ्गेष्ट ड्राइभ र क्लोजेष्ट टु द पिन जिते ।
¾ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको यस प्रतियोगितामा १८ वटा होल्स थिए र ८५ गल्फर सहभागी भएका थिए ।
गोर्खा ब्रुअरीका बजार प्रबन्धक रोजन अमात्यले भने “यस प्रतियोगिता प्रति हामीले निकै नै उत्कृष्ट प्रतिक्रीया प्राप्त गरेका छौं र हामी समस्त सहभागीहरुलाई हार्दिक आभार व्यक्त गर्दछौं । यसका साथै हामी हाम्रो पार्टनर गोकर्ण फरेष्ट रिसर्टलाई पनि यो प्रतियोगितालाई सफल बनाउन निरन्तर साथ दिएकोमा धन्यवाद दिन चाहन्छौं ।”
गोकर्ण फरेष्ट रिसर्टका प्रमुख गल्फ निर्देशक दीपक आचार्यका अनुसार, “काल्र्सबर्ग गल्फ सिरिज् उदयमान गल्फरहरुका लागि प्रतिस्पर्धात्मक गल्फ खेल्न एक उत्कृष्ट मञ्च हो । गोकर्ण रिजर्टको तर्फबाट म काल्सबर्गलाई गल्फमा निरन्तर सहयोग गरिरहेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । यस्तो प्रायोजनले नेपालमा गल्फको उत्थान तथा विकासमा पक्कै पनि मद्दत मिल्ने छ ।”