अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आइटिटिएफ) अन्तर्राष्ट्रिय अम्पायर परीक्षामा नेपालबाट ३ जना उत्तीर्ण भएका छन्।
उत्तीर्ण हुनेमा मोरङका विकेन थापा र राजेश भट्टराई तथा काठमाडौंका नरेश रावल रहेको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन्।
आईटीटीएफले नेपालबाट १७ जनालाई अनलाइन परीक्षामा सहभागिताको अवसर दिएकोमा तीन जना मात्र उत्तीर्ण भएका हुन्।
५० पूर्णाङ्कको उक्त परीक्षामा विकेन र राजेशले समान ४०–४० अंक प्राप्त गरे।
उत्तीर्ण हुन ३८ अंक चाहिनेमा नरेशले त्यत्ति नै अंक ल्याए ।