बेलायतले जुन १ सम्म खेलकुद गतिविधि गर्न नपाइने भएको छ। जुन १ सम्म खाली रंगशालामा समेत खेलकुद गतिविधि गर्न नपाइने भएको हो।
सरकारले कोरोनाभाइरसका लागि ५० पेज लामो गाइडलाइन्स निकाल्दै खेलकुद गतिविधिलाई थप २० दिनसम्म गर्न नदिने भएको हो।
लकडाउन खोल्ने रणनीति सार्वजनिक गर्दै सरकारले सामाजिक दूरी कायम गर्नका लागि खेलकुद गतिविधि नगर्ने भएको हो।
अब सुचारु गर्ने तयारी गरिएको इंग्लिस प्रिमियर लिग पनि जुन १ अघि नहुने भएको छ।
प्रिमियर लिग १३ मार्चदेखि कोरोनाका कारण स्थगित गरेको थियो।