सरकारले खेलकुदका पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय, प्रादेशिक तथा राष्ट्रिय स्तरका खेलकुद पूर्वाधारको निर्माण तथा स्तरोन्नतीलाई निरन्तरता दिइने बताएकी हुन्। यस्तै खेलाडीको क्षमता विकास गर्ने पनि कार्यक्रममा उल्लेख छ।
'नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले अहिलेसम्मकै सबैभन्दा बढी ५१ स्वर्णसहित २ सय ७ पदक जितेको छ। राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइ पदक प्राप्त गर्न सक्ने गरी खेलाडीको क्षमता विकास गरिनेछ,' नीति तथा कार्यक्रममा भनिएको छ।
'स्थानीय, प्रादेशिक तथा राष्ट्रियस्तरमा सुविधासम्पन्न खेलकुद पूर्वाधारको निर्माण तथा स्तरोन्नती गर्ने क्रार्यलाई निरन्तरता दिइनेछ। उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापान गर्ने कार्य अघि बढाइनेछ। निजी क्षेत्रबाट पहल गरिएका खेलकुद पूर्वाधार निर्माणलाई प्रोत्सहान गरिनेछ।'
यी कार्यक्रमका लागि आगामी बजेटमार्फत रकम विनियोजन गरिनेछ।
चालु आर्थिक वर्ष २०७६/७७ का लागि युवा तथा खेलकुद मन्त्रालयकलाई ३ अर्ब ९९ करोड बजेट छुट्याएको थियो। चालु आर्थिक वर्षका लागि सरकारले काठमाडौंमा अन्तर्राष्ट्रिय खेलकुद परिषद बनाउन बटेज छुट्याएको थियो।
यस्तै प्रत्येक प्रदेशमा रंगशाला निर्माण र सबै स्थानिय तहमा खेल ग्राम निर्माणका लागि पनि बजेट छुट्याएको थियो। तर यी योजना पूरा भएका छैनन्।