वर्षको अन्तिम ग्रान्डस्ल्याम टेनिस प्रतियोगिता युएस ओपनमा अमेरिकी खेलाडी सेरेना विलियम्सले विजयी सुरूवात गरेकी छिन्।
उनले मंगलबार राति भएको महिला एकलको खेलमा आफ्नै देशकी क्रिस्टी अनलाई सोझो सेटमा पराजित गरेकी हुन्।
पहिलो सेटमा भने क्रिस्टीले विलियम्सलाई कडा टक्कर दिएकी थिइन्।
पहिलो सेटमा ७-५ ले सेरेनाको पक्षमा टुंगिएको थियो। दोस्रो सेटमा सेरेनाले ६-३ ले जित निकालिन्।
३८ वर्षीय सेरेना युएस ओपनर जित्दै २४औं ग्रान्डस्ल्याम जितेर रेकर्ड बनाउने अभियानमा छिन्।
यता सेरेनाकी दिदी भेनस विलियम्स भने पहिलो खेलमै पराजित भएकी छिन्। उनलाई चेककी २०औं वरीयताकी कारोलियन मुचोभाले ६-३ र ७-५ ले पराजित गरिन्।
१०औं वरीयताकी गर्विन मुगुरुजाले दोस्रो चरणमा स्थान बनाइन्। उनले जापानकी नाओ हिबीनोलाई हराइन्।
सातौं वरीयताकी म्याडिन्स की पनि दोस्रो चरणमा पुगेकी छिन्।
पुरुष एकलमा ब्रिटेनका एन्डी मुर्रेले कठीन जित हात पारेका छन्।
मुर्रेले जापनका योशिहितो निशिओकालाई पाँच सेटसम्म लम्बिएको खेलमा पराजित गरे।
उनले निशिओकालाई ४-६, ४-६, ७-५, ७-६ (७-४) र ६-४ को सेटमा पराजित गरेका हुन्।