जापानकी नाओमी ओसाकले सिजनको युएस ओपनको महिला एकलको उपाधि जितेकी छिन्।
आइतबार विहान सकिएको खेलमा ओसाकाले बेलारुसकी भिक्टोरिया अजरेक्कलाई २-१ को सेटमा पराजित गरेर तेस्रो ग्रान्डस्लामको उपाधि जितेकी हुन्।
जापानकी चौथो वरीयताकी खेलाडी ओसाकाले पहिलो सेट १-६ ले अजरेन्कालाई सुम्पिएकी थिइन्।
तर २२ वर्षीय उदायीमान खेलाडी ओसकाले त्यसपछिका दुई सेटमा उत्कृष्ट खेल पस्किइन्।
उनले दोस्रो सेट ६-३ ले आफ्नो पक्षमा पारिन्। तेस्रो तथा निर्णायक सेटमा पनि लयमा देखिएकी ओसाकाले ६-३ ले जितेर दोस्रो पटक युएस ओपन जित्न सफल भएन्।
यसअघि उनले सन् २०१८ को युएस ओपनमा सेरेना विलियम्सलाई पराजित गरेर पहिलो ग्रान्डस्लाम जितेकी थिइन्। उनी सन् २०१९ मा अस्ट्रेलियन ओपन च्याम्पियन बनेकी थिइन्।
यता सन् २०१३ पछि पहिलो मुख्य प्रतियोगिता फाइनलमा पुगेकी अजरेन्काको भने पुनरागमन गर्दै च्याम्पियन हुने सपना पूरा भएन।
तेस्रो पटक ग्रान्डस्लाम च्याम्पियन बनेकी ओसाकाले आफू फाइनल पुगेको ग्रान्डस्लामको उपाधि जित्ने रेकर्ड पनि कायम राखिन्।
'म अब अरु फाइनलमा तिमी (अजरेन्का) सँग खेल्न चाहदिन। मलाई रमाइलो लागेन किनभने एकदमै कठिन खेल थियो,' अजरेन्काको प्रशंसा गर्दै ओसाकाले भनिन्,'अजरेन्काले बच्चादेखि नै प्रेरणा दिएकी थिइन्। म अजरेन्काकै खेल हेरेर हुर्किएकी हुुँ। मैले धेरै सिक्ने मौका पाए। धन्यवाद।'