अमेरिकाका तेओफिमो लोपेज विश्व लाइटवेटमा चार उपाधि जित्ने कान्छा बक्सर बनेका छन्।
२३ वर्षीय लोपेजले शनिबार अमेरिकाको लस भेगासमा भएको विश्व लाइटवेट प्रतिस्पर्धामा युक्रेनका ३२ वर्षीय भ्यासिल लोमचेन्कोलाई सर्वसम्मत निर्णयका आधारमा पराजित गरे। भ्यासिल दुई पटक ओलम्पिकमा स्वर्ण तथा तीन पटक विश्व च्याम्पियन बक्सर हुन्।
भ्यासिललाई पराजित गरेसँगै लोपेजले आफ्नो पोल्टमा लाइटवेटका चार बेल्ट राख्न सफल भए।
सन् १९८८ मा वर्ल्ड बक्सिङ अर्गनाइजेसन स्थापना भए यता २३ वर्षको उमेर चार बेल्ट जित्ने लोपेज पहिलो खेलाडी बने।
लोपेज र भ्यासिलबीचको भिडन्त १२ राउन्डसम्म पुगेको थियो।
जितसँगै लोपेजले अपराजित यात्रालाई १६ खेलसम्म पुर्याएका छन्। उनले १६ बाउटमा १६ जित नै निकालेका छन्।
'अब म संसारलाई कब्जा गर्न तयार छु,' जितपछि लोपेजले भनेका छन्।
दुई खेलाडीबीचको प्रतिस्पर्धा लामो समयदेखि प्रतिक्षा गरिएको थियो। कोरोना भाइरसका कारण प्रतिस्पर्धा दर्शकबिना नै गराइएको थियो।
६ वर्षमा पहिलो हार बेहोरेपछि भ्यासिलले स्कोरकार्डसँग सहमत नभए पनि कुनै विवाद नगर्ने बताएका छन्।
'मलाई लाग्छ मैले फाइट जितेको थिएँ,' भ्यासिलले भने,'तर पनि मलाई कुनै गुनासो छैन। फाइटको पहिलो हाफमा उनले केही बढी राउन्ड जितेका थिए। तर दोस्रो हाफमा मैले उनलाई पछि परेको थिएँ। म स्कोरकार्डसँग सहमत छैन।'