पेप्सीकोला–सानोठिमी पुल नजिकको दिब्वेश्वरी प्लानिङमा चिया जक्सनसहितको बैजयन्ती फुटसल सञ्चालनमा आएको छ।
सेभेन ए साइड प्रतियोगिता खेल्न सकिने फुटसल गत असोजदेखि नै सञ्चालनमा आएको थियो। अहिले भने पूर्णरुपमा सञ्चालनमा आएको फुटसलका अध्यक्ष किरण न्यौपानेले जानकारी दिए।
उनका अनुसार फुटसलमा फाइभ ए साइडमा प्रतिस्पर्धा गर्दा भने दुई फिल्ड हुनेछ।
कोरोना महामारीलाई मध्यनजर गर्दै फुटसल खेल्न आउनेले अनिवार्य रुपमा स्यानिटाइजर प्रयोग गर्नु पर्नेछ भने ज्वरो जाँच गरिनेछ।
यस्तै एक घन्टाको ग्यापमा खेल सञ्चालन भइसकेको छ।
फुटसलसँगै चिया जक्सन नामबाट रेस्टुरेन्ट पनि सञ्चालन गरिएको छ। फुटसल खेल्नलाई स्वस्थ खाना खुवाउन तथा चिया खाँदै फुटसल हेर्ने सुविधा दिनका लागि चिया जक्सन खोलिएको हो।
न्यौपानेका अनुसार तीन जनाको लगानी रहेको फुटसलमा दुई करोड लगानी भएको छ।
यहाँ फुटसल खेल्न राष्ट्रिय फुटबल टिमका फरवार्ड भरत खवास पनि आएको र उनको प्रतिक्रिया राम्रो भएको न्यौपानेले बताए।