नेपालका दुई जना धावकले बंगलादेशको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन्।
आगामी जनवरी १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा किरणसिंह बोगटी र महिलामा पुष्पा भण्डारीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।
दुवै जना धावक गत वर्ष नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् ।
सागको म्याराथनमा किरणले स्वर्ण जितेका थिए भने पुष्पाले रजत हात पारेकी थिइन्।
प्रतिस्पर्धामा सहभागी हुन दुवै खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको छ।
प्रशिक्षकमा धनीराम चौधरी रहेका छन्। टोलीलाई नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले बिदाइ गरे।