झापाको शिवसताक्षीमा तेस्रो संस्करणको नगरस्तरीय मेयरकप खेलकुद प्रतियोगिता हुने भएको छ।
८ विधाका १९ वटा खेल नगरका विभिन्न खेल मैदान तथा कबर्ड हलमा हुने आयोजक शिवसताक्षी नगर खेलकुद विकास समितिले जनाएको छ।
आयोजकका अनुसार फागुन १७ देखि २८ गतेसम्म हुने प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, क्रिकेट, कराँते, कबड्डी र ब्याडमिण्टनका खेल हुनेछन्।
शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा तामाङका अनुसार नगरस्तरीय फुटबलका विजेता वडाले ७५ हजार पाउने छ भने उपविजेताले ४१ हजार नगदै पुरस्कार पाउने छ।
फुटबल विधाका सर्वोकृष्ट खेलाडीले १५ हजार र म्यान अफ द म्याचका विजेताले १४ हजार पाउने छन्। प्रतियोगितामा सर्वाधिक गोल गर्ने वडाले ८ हजार पाउने आयोजक समितिका सन्तोष पौडेलले बताए।
उत्कृष्ट किपर, डिफेन्स, मिड फिल्डर, स्ट्राईकरले जनहीँ ५ हजार पाउने छन्। फुटबल दुधेको क्षेत्रीय रंगशालामा १७ गते देखी २८ गते सम्म हुने छ।
यस्तै, भलिबल खेलमा विजेता वडाले ५० हजार पुरस्कार पाउने छ भने उपविजेताले ३० हजार पाउने छ। पाराबारीको खेल मैदानमा १८ गतेदेखि हुने भलिबल खेलका म्यान अफ द म्याचको उपाधि पाउने खेलाडीले १४ हजार र बेष्ट प्लेयरले ७ हजार पाउने छन्।
यता महिला तथा पुरुष दुबैको एथलेटिक्सि प्रतियोगिता २२ गतेदेखि हुने भएको छ। ब्याङ्गडाँडामा हुने उक्त प्रतियोगिता ८ सयदेखि ३ हजार मिटर दुरीसम्मको हुने छ।
आयोजकका अनुसार छेलो खेलमा महिला-पुरुष दुबैले सहभागिता जनाउने छन्। लङ जम्प महिला-पुरुष र हाइजम्पमा महिला मात्र सहभागी हुनेछन्। एथलेटिक्स खेलका लागि आयोजकले ६३ हजार ५ सय पुरस्कार राशी छुट्याएको छ।
मेयरकप अन्तर्गत क्रिकेट विधाको खेल १९ गतेदेखि झिलझिले खेलमैदानमा हुने छ। आयोजक समितिका लक्ष्मण अधिकारीले दएको जानकारी अनुसार विजेता वडाले ५० हजार र उपविजेताले ३० हजार पाउने छ।
क्रिकेटको म्यान अफ द म्याच १४ हजार, म्यान अफ द सिजिर ३ हजार र वेष्ट अफ द खेलाडीले ५ हजार पाउने आयोजकले जानकारी दएको छ।
मेयर कपमा कराँते खेल पनि हुने छ। कराँते महिला र पुरुष दुबैको फरक-फरक हुने छ। माईधारको कबर्ड हलमा २२ गते देखी हुने उक्त प्रतियोगिताका बिजेताले २० हजार पाउने समितिका प्रेम फुयाँलले बताए।
आयोजकका अनुसार कबड्डी २६ गतेदेखि र बुद्धिचाल पनि २० गतेदेखि दुधेमा हुने छ।
यता ब्याडमिन्टनतर्फको खेल माइधारमा हुने छ।
आयोजकले प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको छ।