आगामी अप्रिल ११ देखि २३ सम्म पोल्यान्डमा हुने आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ।
नेपाल बक्सिङ संघका अनुसार नेपालबाट दुई महिला खेलाडीले भाग लिनेछन्। नेपालले महिला ४६-४८ केजी र महिला ६० केजी तौल समूहमा भाग लिनेछ।
विश्व बक्सिङमा खेलाडी पठाउनका लागि संघले खुला छनोट गर्ने भएको छ।
राष्ट्रव्यापी खुल्ला छनोट आगामी चैत ३ गते सातदोबाटोस्थित राष्ट्रिय बक्सिङ हलमा हुनेछ।
छनोट खेलमा जनवरी,२००२ देखि डिसेम्बर ३१, २००३ सम्म जन्म भएका महिला बक्सिङ खेलाडीहरूले मात्र सहभागिता जनाउन सक्नेछन्।
सहभागी खेलाडीहरुले आफ्नो जन्मदर्ता प्रमाणपत्र सहित चैत ३ गते विहान ८ बजेसम्म तौल र स्वास्थ्य परिक्षण गर्न सातदोबाटोस्थित राष्ट्रिय बक्सिङ हलमा उपस्थित हुनु पर्नेछ।