आयोजक काठमाडौं खेल मण्डल (केकेएम) न्यु रोड टिम (एनआरटी) का हिमाल विष्ट र एपीएफकी वियन्का राईले केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन्।
यु–१९ जुनियर सिंगल्सको ब्वाइजमा हिमाल र गल्र्समा वियन्का पहिलो भएका हुन्।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा हिमालले कान्तिपुर भ्याली पिङपोङ क्लबका विशाल गोलेलाई ११–६, ७–११, ११–६ र ११–७ को सेटमा पराजित गरे।
केकेएम/एनआरटीका धनन्जय दाहाल र एपीएफका रुविन महर्जन तेश्रो भए।
गल्र्सको उपाधि भिडन्तमा वियन्काले मोर्डन कलेजकी दिया देउलालाई १२–१०, ८–११, ११–७ र ११–८ को सेटमा हराए।
नेपाल आर्मीकी सुष्मिता खड्का र केकेएम/एनआरटीकी अन्जु सुवालले कांस्य हात पारे। पुरुष/महिला खुला सिंगल्समा क्वाटरफाइनल समीकरण पूरा भएको छ ।