माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा जित निकालेको छ।
मंगलबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ५५-४९ अंकले पराजित गर्यो।
यसअघि नेपाल आफ्नो पहिलो खेलमा भने पराजित भएको थियो। नेपाल घरेलु टिम माल्दिभ्ससँग ५१-४७ अंकले पराजित भएको थियो।
तीन वर्षपछि प्रतिस्पर्धामा उत्रिएको नेपाली महिला टिम माल्दिभ्ससँग पहिलो पटक पराजित भएको थियो।
प्रतियोगितामा अब नेपालले आज भुटानसँग खेल्नेछ।