टेनिसका पूर्व विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिचमाथि लगाएको भिसा प्रतिबन्ध अष्ट्रेलियाले फुकुवा गर्ने भएको छ।
प्रतिबन्ध फुकुवा भएसँगै जोकोभिचलाई सन् २०२३ को अष्ट्रेलियन ओपन खेल्ने बाटो खुला भएको सिएनएनले जनाएको छ।
गत वर्ष कोरोनाको खोप नलगाइकन मेलबर्न पुगेपछि त्यहाँको अध्यागमन मन्त्रालयले जोकोभिचको भिसा खारेज गर्दै स्वदेश फिर्ता पठाइदिएको थियो। त्यस घटनापछि अष्ट्रेलियाले सार्वजनिक स्वास्थ्यमा खेलवाड गरेको भन्दै उनलाई ३ वर्ष भिसा प्रतिबन्ध लगाएको थियो।
खोप लगाएमा टेनिस प्रतियोगितामा सहभागी हुन दिने शर्त राखे पनि जोकोभिचले खोप नलगाउने अडान कायम राख्दै त्यस वर्षको खेल नै बहिष्कार गरेका थिए।
अष्ट्रेलियन टेनिसका प्रमुख कार्यकारी अधिकृत क्रेगस टेलीले जनवरीमा हुने प्रतियोगितामा जोकोभिच सहभागी हुने बताए।
‘अष्ट्रेलिया छिर्नका निम्ति अध्यागमनले सबैलाई एउटै मापदण्डमा व्यवहार गर्छ। कसैलाई पनि विशेष व्यवहार हुन्छ र हुनुपर्छ जस्तो मलाई लाग्दैन। अन्य खेलाडीझैं जोकोभिच पनि यसपटक अष्ट्रेलिया आउँछन् भन्नेमा म विश्वस्त छु,’ उनले भनेका छन्।