नेपाल भेटेरिनरी एशोसिएसनले प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले माघ ७ मा काठमाडौंमा राइट टु प्रोटिन रनमा हाफ म्याराथन सहित विभिन्न विधाका दौड प्रतियोगिता आयोजना गर्दैछ।
दशरथ रंगशालाबाट सुरु भएर सोही स्थानमा समापन हुने दौडका विजेतालाई प्रधानमन्त्रीबाट पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ। सो दौड कार्यक्रममा विभिन्न विधामा ५ हजार बढी सहभागी हुने आयोजकको भनाइ छ।
म्याराथन गत वर्ष आयोजना भएको रन फर प्रोटिन हाफ म्याराथनको दोस्रो संस्करण हो। गत वर्षको हाफ म्याराथनमा महिलातर्फ सन्तोषि श्रेष्ठ र पुरुष तर्फ तिर्थ पुन च्याम्पियन भएका थिए।
यसपटक खुला हाफ म्याराथान, पुरुष १० कि.मि., महिला ५ कि.मि., १२ कक्षासम्मका विद्यार्थीलाई ५ कि.मि. (पुरुष) र ३ कि.मी. (महिला) र फरक क्षमता भएका व्यतिहरुको लागि विधाका दौडहरु समावेश गरिएका छन्।
जम्मा पुरस्कार राशी १४ लाख ८३ हाजर ३ सय ३३ रुपैयाँ रहेको छ। हाफ म्याराथनमा प्रथम पुरस्कार विजेताको पुरस्कार १ लाख ३३ हजार ३ सय ३३ रहेको छ भने पाँचौं स्थानसम्म प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था रहेको छ। आफुले भाग लिएको विधामा दौड पुरा गर्ने सबै प्रतियोगीलाई मेडलको व्यवस्था गरिएको छ।
प्रतियोगितामा नेपाल दाना उद्योग संघ र अन्तगर्तका दाना उद्योगहरु सहयोगीको रुपमा रहेका छन्। दौड प्रतियोगितालाई नेपाल एथ्लेटिक एशोसिएसनले मान्यता दिनुका साथै प्राविधिक सहयोग समेत गरेको नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा सिलतकाजी श्रेष्ठले जनाएका छन्।
राइट टु प्रोटिन रन
खुला हाफ म्याराथान, पुरुष - २९३
खुला हाफ म्याराथान, महिला - ४३
१२ कक्षासम्मका ५ कि.मि. (पुरुष) - ४१५
१२ कक्षासम्मका ३ कि.मी. (महिला) - ३६५
पुरुष १० कि.मि - १६७५
महिला ५ कि.मि - ४५७
ह्विलचेयर पुरुष - १८
ह्विलचेयर महिला ¬ ३८
कम उमेरका सहभागी वर्षः ६ वर्ष
सवभन्दा बढी उमेका सहभागी वर्षः ७२ वर्ष