नेपालकी सुष्मा तामाङले एसियन यु २२ बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दैछिन्।
थाइल्यान्डको बैंककमा आज हुने ४८ केजी तौल समूहको फाइनलमा सुस्माको उज्वेकिस्तानकी फोजिलोभा फारजोनासँग प्रतिस्पर्धा गर्नेछिन्।
नेपाली समयअनुसार बुधबार दिउँसो साढे १२ बजेपछि खेल सुरू हुनेछ।
सुष्माले मंगोलियाकी बेइसेनबेल जनारगुलीलाई रेफ्री स्टप कन्टेस्ट आरएससीका आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन्।
नेपालले एसियन स्तरको बक्सिङ प्रतियोगिताको फाइनलमा स्थान बनाएको यो पहिलो पटक हो।
जारी च्याम्पियनसिपमा सहभागी नेपाली मुक्केबाज विजय बाटा र त्रिशा जवेगु सेमिफाइनलबाटै पराजित भइसकेका छन्।
महिलातर्फ ७५ केजी तौल समूहमा त्रिशा जवेगु काजिकिस्तानकी एरजन गुल्सायसँग र पुरुषतर्फ ८६ केजी तौल समूहमा नेपाली मुक्केबाज विजय बाटा ईन्डोनेसियन मुक्केबाज मोसकिता माईकलसँग सेमिफाइनलमा पराजित भएका हुन्।