शिरीश फाउन्डेनले थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङलाई आइतबार सम्मान गरेको छ।
फाउन्डेसनकी कोषाध्यक्ष सपना गुरुङले सुष्मालाई नगद २५ हजारसहित एक कार्यक्रमबीच सम्मान गरिन्।
फाउन्डेसनले सुष्मालाई नगदसहित प्रशिक्षण सामाग्री, खेल पोशाकलगायतमा सहयोग गर्ने गरी गत भदौदेखि १ वर्षका लागि प्रायोजन गरेको थियो।
सुष्माअघि फाउन्डेसनले १२ र १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी उसुकी निमा घर्ती मगरलाई प्रायोजन गरेको थियो।
जनवरी १६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा सुष्माले भियतनाम र मंगोलियाका खेलाडी पराजित गर्दै नेपाली बक्सिङमा इतिहास रच्ने क्रममा रजत पक्का गरेकी थिइन्। फाइनलमा भने सुष्मा उज्वेकिस्तानकी खेलाडीसंग चुकिन्।