नेपाली महिला कबड्डी खेलाडीहरू एसियाली खेलकुदको पदकबाट सुसोभित भएका छन्।
चीनको हाङझाउमा जारी एसियाली खेलकुदमा अहिलेसम्म कबड्डीबाट मात्रै नेपालले पदक प्राप्त गरेको छ।
शनिबार विहान चीनको हाङझाउ जिआओसान गुआली स्पोर्ट्स सेन्टरमा नेपाली कबड्डी खेलाडीहरू पदकबाट सुशोभित भएका हुन्।
नेपाल एसियाली खेलकुदको २९ खेलमा सहभागिता जनाएको थियो।महिला कबड्डीलाई नेपालले पदक जित्न सक्ने खेलको सूचीमा समावेश गरेको थिएन।
तर महिला खेलाडीले बंगलादेशविरूद्ध गरेको निडर प्रदर्शन गर्दा एसियाली खेलकुदमा कबड्डीबाट ऐतिहासिक कास्य जित्यो।
देशको नाममा पाएको पदक लगाउँदा नेपाली खेलाडीहरू उत्साहित र हर्षित थिए।
महिला कबड्डी टिमले एसियाली खेलकुदमा पदक जितेपछि अब देशले कबड्डीलाई पनि प्राथकितामा दिनुपर्ने उनीहरूको माग छ।
‘अन्तर्राष्ट्रिय खेलकुदमा हाम्रो पनि सहभागिता होस्। सकभर महिला तथा पुरुष दुवै टिमलाई सहभागी गराइयोस्,’ कबड्डी खेलाडी अनुजा कुलुङ राईले भनिन्।
तस्बिहरूः