अपांगता भएका व्यक्तिहरूको ३३औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा पारा खेलकुदहरू आयोजना गरी उत्सव मनाइएको छ।
शनिबार मालिगाउँस्थित बृहस्पति विद्यासदनमा अपागंता भएका व्यक्तिहरूका लागि पारा खेलकुदहरू खेलाएर उत्सव मनाइएको थियो।
यसवर्षको राष्ट्रिय नारा समावेसी तथा दिगो भविष्यको पूर्वधार, अपांगता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार राखिएको छ।
ह्यान्डिक्याप इन्टरनेशनल, इन्गेज र उज्वल नक्षत्र समाजले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा बहिराहरूका लागि फुटसल, ह्विलचियर बास्केटबल, ह्विलचियर पिकलबल र दृष्टिबिहीनहरूका लागि फुटसल खेलाइएको थियो।